Logo

बढी विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म महशुल छुट दिइने



काठमाडौँ, १५ जेष्ठ । सरकारले मासिक १० करोड युनिटभन्दा बढी विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म विद्युत महशुल छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आव ०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेको बताएका हुन् ।

औद्योगिक क्षेत्रको विकास, वैदेशिक लगानी आकर्षण गर्न, उत्पादन एवं वृद्धि निर्यात प्रवर्द्धन गरी आयत प्रतिस्थापन गर्न योगदान गर्न मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा २ देखि १५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको उनले बजेट भाषणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्