Logo

ढुक्क भएर मतदान गर्नुहोस्: गृहमन्त्री



रुपन्देही, ३० वैशाख । गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत आज रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेकोे र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए ।

गृहमन्त्री खाणले नेपाल सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्