Logo

ढुक्क हुनुहोस्, नेपाल श्रीलंकाको बाटोमा जाँदैन: कार्की



काठमाडौँ, २९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले उपलब्ध स्रोत-साधनले देशभित्रै विकास गर्न सकिने बताए ।

“अर्थतन्त्र कमजोर छ, तर ढुक्क हुनुहोस्, म दाबी गर्छु- नेपाल श्रीलंकाको बाटोमा जाँदैन,” कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले बैठकमा भने, “हामीलाई पुग्ने स्रोत-साधन छ, देशभित्रै विकास गर्न सकिन्छ ।”

उनले गएको स्थानीय तह निर्वाचनको परिणामले जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको पनि बताए ।

आन्तरिक एकतालाई बलियो बनाएर कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति देउवामाथि गर्व गर्नुपर्ने समेत बताए ।

“हामीले हाम्रो सभापतिमाथि गर्व गर्नुपर्ने अवस्था छ । थोरै सिट हुँदाहुँदै सरकारमा मात्र छैनौँ, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्