Logo

तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ: मुख्यमन्त्री कार्की



विराटनगर, ८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्तरुपमा आयोजित ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ ध्यानउन्मुख भएको धारणा राखेका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणमा केही प्राथमिकता राख्न चुकेकाले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकामा चर्चा गर्दै आगामी वर्षको बजेटमा यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले प्रदेशमा औद्योगिक उत्पादन, निर्माण सामग्री उत्पादन घट्नाले राजस्व सङ्कलन लक्ष्यअनुसार प्राप्ति नभएको बताए । मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने क्षमता बढाएको बताएका हुन् ।

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन चाँडै ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्