तनहुँ, २४ वैशाख । आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि सकिँदैछ । त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभियान झिसमिसेमा सुरु भएर अबेर रातिसम्म चलिरहेको छ । विभिन्न आश्वासनका पोका लिएर दल र तिनका उम्मेदवार बस्तीबस्तीमा पुगिरहेका छन् ।
जसरी भए पनि आश्वासनको जालोमा जनतालाई पार्ने रणनीतिसहित उम्मेदवारहरू चर्को दौडधुपमा छन्। तनहुँका विभिन्न पालिकाका उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन् ।
यस जिल्लाका केही स्थानीय तहमा यसपालिको चुनावी भिडन्त निकै रोचक हुने आकलन छ । हारजित राजनीतिक दल र शीर्ष नेताको प्रतिष्ठासँग जोडिँदा यस पटक तनहुँको चुनाव रोचक हुने देखिएको छ । यो समाचार नागरिक दैनिका छ ।