Logo

तनहुँमा महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ



तनहुँ, १४ माघ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्