Logo

तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता कायमै



तनहुँ, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले १८ हजार चार सय ६१ मत प्राप्त गरेका छन् । उनी कांग्रेसका गोविन्द भट्टराईभन्दा सात हजार छ सय ४४ मतले अघि रहेका छन् । कांग्रेसका भट्टराईले १० हजार आठ सय १७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले छ हजार ६७ मत पाएका छन् ।

यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्