Logo

तमु क्होईबो सिलान्यास एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न



झापा, २८ फागुन । झापाको अर्जुनधारामा तमु क्होईबो सिलान्यास एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अर्जुन नगरपालिका-११ बुट्टाबारी देवनिया टोल स्थित तमु (गुरुङ) हरुको मौलिक परम्परा अनुसार पितृहरुलाई सम्झेर बसिने स्थान, पहिचानको प्रतिक एवं प्ये ताँ ल्हु ताँ को आस्थाको धरोहर पवित्र क्होइबो ९कुल मन्दिर० प्रमुख अतिथि निबर्तमान अध्यक्ष एवम् सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुको बाहुलीबाट फागुन २६ गते सोमबार बिहान ९स्१९ को शुभ साईतमा सिलान्यास गरिएको थियो ।

तमु ९गुरुङ० जातीको मौलिकता, परम्परा र पहिचानको धरोहरको रुपमा रहेका खेगी ९पुरोहित० क्ल्हेप्री गुरु सन्तोष टु क्ल्हेप्री तमुबाट गरुङ्गहरुको उत्पत्ति र सस्कृति, भाषा बारे प्रशिक्षण दिनु भएको थियो । क्होईबो बारे बिस्तृत जानकारी तथा खेगिको महत्व र प्ये ता ल्हु ता सम्बन्धि समेत प्रस्टाउनु भएको थियो ।

झापा समितिका पदाधिकारी एवम् विभिन्न स्थानका तमु सदस्यहरुले सकलन गरेको रकमबाट १० धुर जमिन खरिद गरिएको छ भने सगै जोडिएको स्थानीय जित बहादुर गुरुङ्ग तमुले १० धुर जमिन दान सहयोग गर्नु भएको छ । सहयोगी सम्पुर्णहरुमा सस्थाको तर्फबाट अध्यक्ष रामकुमार ल्हेगे तमुले धन्यवाद व्यक्त गर्नु भएको थियो भने क्ल्हेप्री खेगी गुरु सन्तोष टु क्ल्हेप्री तमु, केन्द्रिय समिति उपाध्यक्ष तथा कोशी प्रदेश प्रमुख धर्मराज प्हच्यु तमु, केन्द्रिय समिति सचिब बम बहादुर टु क्ल्हेप्री तमु लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तमु प्ये ल्हु संघ जिल्ला समिति झापाको अध्यक्ष राम कुमार ल्हेगे तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्र प्हच्यु तमुबाट स्वागत गरिएको कार्यक्रमको सहजीकरण सचिब रन्जित क्रोम्छे तमुले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्