Logo

तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन हवाई फायर



ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूको निलम्बनको माग गर्दै तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकामभित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।

प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । उनीहरूले बिहीवार राति प्रहरीले सांसदको निवासमा आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्