Logo

तस्बिरमा काँग्रेसको चियापान समारोह



काठमाडौँ, ११ कात्तिक । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर आज आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सम्पन्न भएको छ ।

चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख देवराज घिमिरेलगायतका नेता तथा विशिष्ठ व्यक्ति सहभागी थिए । कार्यक्रममा सहभागी अतिथिलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले स्वागत गरेका थिए ।
तस्बिरमा चियापान कार्यक्रम ः

 

प्रतिक्रिया दिनुहोस्