चीन, २६ साउन । चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो ।
चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ । चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ ।
साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ । गत हप्ता अमेरिकी सभामुख पेलोसीले ताइवानको सम्प्रभूतामा अमेरिका साथमा रहेको बताउँदै ताइवान पुगेपछि चीनले ताइवानलाई घेरा हालेर जल, स्थल र हवाई सैन्य अभ्यास गरेको थियो।







