अमेरिका, २० साउन । अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ ।
विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिएका हुन् ।
उनले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताए । साथै उनले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।