Logo

तातो खोलेमा डुबेर घाइते बालिकाको मृत्यु



झापा, १८ पुस । झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका वडा नं.५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको हो ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौँस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्