Logo

तापक्रम बढेपछि कतार सरकारले खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगायो



कतार, १८ जेठ । कतारमा तापक्रम बढेपछि श्रमिकलाई खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ ।

कतारको श्रम मन्त्रालयले आज अर्थात् जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो ।

दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा श्रमिकलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्