Logo

ताप्लेजुङकाे फूलबारी मतदान केन्द्रमा झडप



सांकेतिक तस्बिर

ताप्लेजुङ, ४ मंसिर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।

विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेको उनले बताए ।

झडपका कारण केही समयका लागि मतदान रोकिएको प्रजिअ पोख्रेलले बताए । रोकिएको मतदान सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्