ताप्लेजुङ, २० पुष । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभराबेसीमा हिजो साँझदेखि हिमपात भएको छ। हिमपातसँगै त्यहाँको तापक्रम घट्दै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताएका छन्।
उनले भने , “पाथीभरा क्षेत्रमा हिजो बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ,”।
यसअघि पाथीभरा क्षेत्रमा गत मंसिर ६ गते सामान्य हिमपात भएको थियो। केही दिनयता मौसम बद्ली हुन थालेपछि जिल्लाभर चिसोको अनुभूति बढेको स्थानीयले बताएका छन्।
हिजो दिउँसो सदरमुकाम फुङ्लिङसहितका केही स्थानमा छिटफुट वर्षा पनि भएको थियो।







