Logo

ताप्लेजुङमा अटो दुर्घटना: दुई जनाको मृत्यु, एक जना घाइते



ताप्लेजुङ, २६ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र फुङलिङ-८ का ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार फुङलिङ नगरपालिका-८ मा बिहान १-००२-००३ ह ३९०० नम्बरको अटो दुर्घटनामा परेको हो ।

घाइते अटो चालकको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्