Logo

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी



ताप्लेजुङ, ७ मंसिर । प्रतिनिधि सभाअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।

भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । भट्टराईले २१ हजार ९ सय ४२ प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्