Logo

ताप्लेजुङमा चट्याङ लागेर छाेराको ज्यान गयाे, आमाबुबा घाइते



ताप्लेजुङ, १४ वैशाख । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो ।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएका छन् ।

घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्