Logo

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको ज्यान गयो



ताप्लेजुङ, १६ वैशाख । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको ज्यान गएको उनका भाइ गोपाल कडरियाले जानकारी दिए ।

गएराति ९ बजे चट्याङ परेको थियो । तीन दिनअघि ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर एक बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्