Logo

ताप्लेजुङमा पहिरोमा परि बाबुछाेराकाे ज्यान गयो



ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छाेराकाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।

पहिराेमा परि केशरबहादुर राई र उनका छाेरा सुरेश राईकाे ज्यान गएकाे हाे । यस्तै, राजकुमार राई घाइते भएकाे प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

पहिराेमा बेपत्ता भएका केशरबहादुर मृत भेटिएकाे र घाइते भएका सुरेशकाे उपचार लागि लैजाँदै गर्दा ज्यान गएकाे हाे । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेकाे लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्