ताप्लेजुङ, ७ माघ । ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् ।
अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने भएकी हुन् ।
प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा भएका छन् । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लागेका छन् ।






