Logo

ताप्लेजुङमा बिहानै भूकम्पको धक्का



ताप्लेजुङ, १९ पुष । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित मुलुक भएकाले यहाँ सधैँ भूकम्पको जोखिम रहने भूकम्पविद्हरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्