Logo

तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे



हुम्ला, २१ मंसिर । हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो ।

अवतरण हुन दुई मिनेट बाँकी छँदा चिल ठोक्किए पनि जहाज सुरक्षितरूपमा सिमकोटमा अवतरण भएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए ।

चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्