Logo

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो



काठमाडौँ, १६ जेठ । तारा एयरको हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ-२ मा फेला परेको छ ।

यार्सागुम्बा टिप्न गएकाहरूले तस्बिर पठाए पछि दुर्घटनाग्रस्त विमानको स्थान पत्ता लागेको प्रहरीले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर सो स्थानतर्फ गएको प्रहरीले जनाएको छ ।

पोखराबाट मुस्ताङका लागि १९ यात्रु र ३ जना चालक दलसहित उडेको विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्