Logo

तालिबानद्वारा गैरसरकारी संस्थाका १८ कर्मचारी पक्राउ



फाइल तस्बिर

अफगानिस्तान, ३० भदौ । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ ।

इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम) ले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर प्रान्तमा रहेको कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगेको बताएको छ ।

आफ्ना कर्मचारीविरुद्ध लगाइएको अभियोग बारेमा हालसम्म कुनै जानकारी नभएको र त्यससम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने आईएएमले आज एक विज्ञप्ति निकालेर भनेको छ ।

“यद्यपि हाम्रो सङ्गठन वा कुनै कर्मचारीविरुद्ध अभियोग लगाइएमा प्रस्तुत गरिएका प्रमाणको स्वतन्त्र रूपमा समीक्षा गर्नेछौँ । हामी स्थानीय संस्कृतिको सम्मान गर्छौँ । ” विज्ञप्तिमा भनिएको छ । तालिवान अधिकारीहरूले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएकोबारे तत्काल प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्