Logo

तालिबानद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश



अफगानिस्तान, २४ वैशाख । अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् ।

अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर गरेको छ ।

महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने शरिया कानुनको निर्देशन रहेको तालिबानको आदेशमा उल्लेख छ । यस्तै कुनै महत्वपूर्ण काम नभएमा महिला घरभित्रै बस्दा राम्रो हुने तालिबानको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्