Logo

तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने चीन बन्याे पहिलाे देश



काठमाडौँ, २० मङ्सिर । चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।

सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो ।

प्रतिक्रिया दिनुहोस्