काठमाडौँ, १९ जेठ । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलो रकम जरिबाना तिर्नुपरेको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गर्ने निजी वायु सेवा कम्पनी एअर विस्तारालाई १० लाख भारु जरिबाना गरेको हो । एअर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् ।
उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले मध्य प्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकोमा १० लाख भारु जरिबाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन्