Logo

तिज विशेष कार्यक्रम सम्पन्न



मेचीनगर, ११ भदौ । हरितालिका तिजको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१३ र चारआली जेसिजको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका वडा नं.१३ स्थित आइतबारे बजारमा भएको कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

चारआली जेसिजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले कार्यक्रमको औचित्यसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य रिता परियारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्