Logo

तिम्रा समर्थकसँग हजारौँपटक जुध्न तयार छु: महेश बस्नेत



भक्तपुर, ११ भदौ । नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुन: चेतावनी दिएका छन् ।

मेयर साहले काठमाडौँको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गरेका थिए ।

शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति आक्रोस पोखेका छन् । उनले बालेन्द्र र उनका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिएका छन् ।

नेता बस्नेतले भने, ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला । वर्षौंदेखि मेहनत गरेर, दुस्ख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।’

प्रतिक्रिया दिनुहोस्