सुर्खेत, १५ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।






