Logo

तीनकुनेमा युवा संघको विरोध प्रदर्शन



काठमाडौँ, ७ मङ्सिर । एमालेको भातृ संगठन युवा संघको विरोध प्रदर्शन काठमाडौँको तीनकुनेमा सुरु भएको छ ।

गणतान्त्रिक व्यवस्था उल्ट्याउन लाग्नेविरुद्ध सरकारले कदम नचालेको र प्रमुख प्रतिपक्ष एमालेविरुद्ध विभिन्न ठाउँबाट प्रहार भइरहेको भन्दै युवा संघले विरोध गरिरहेको हो ।

युवा संघले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि विरोध गरिरहेको छ । बैंकबाट लिएको ऋण नतिर्ने भन्दै बैंकहरूविरुद्ध विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो समय गणतान्त्रिक व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्