Logo

तीनकुनेमा सरकारले दमन गरेको राप्रपाको ठहर

रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम



काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा प्रदर्शनका क्रममा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न माग गर्नुभयो।

उहाले भन्नुभयो, ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छौँ।’

बैठकले उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो।

आफ्ना नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने उहाले बताउनुभयो।

शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो।

राप्रपाले घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने ठहर गरेको उहाले बताउनुभयो।

आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको अध्यक्ष लिङ्देनको जिकिर छ।

‘हिजो जे घटना भयो, त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भन्नुभएको छ, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो।’

 

प्रतिक्रिया दिनुहोस्