काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं १० ले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्फत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखेका थिए ।







