फाइल तस्बिर
काठमाडौँ, १७ भदौ । संघीय संसदअन्तर्गतका विभिन्न संसदीय समितिले आइतबार बैठक बोलाएका छन् ।
निर्वाचित सभापति पाएपछि समितिले बैठक बोलाएका हुन् ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दैछ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति लगायतका विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।
यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।
समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण विषयको प्रस्तुति लगायतका विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।
यस्तै राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाहलमा बस्नेछ ।







