काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना रहेको छ ।