पाँचथर, ३ जेष्ठ । पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी भएका छन् ।
गठबन्धबाट उम्मेदवार बनेका खड्काले नेकपा एमालेका गोविन्दबहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।
खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खड्क सम्बाहाम्फे विजयी भएका छन् । सम्बाहाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार नन्दाकुमारी घमलाले २ हजार ९ मत हजार मत प्राप्त गरेकी छन् ।