दाङ, ७ भदौ । दाङको तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले वीरेन्द्र चोकबाट चार जना बन्दकर्तालाई पक्राउ गरेको हो ।
तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।






