Logo

तेइस परिवारलाई जग्गाधनी पुर्जा वितरण



इलाम, २७ जेठ । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरू खुसी भएका छन् । जग्गाविहीनहरूले अबमात्र आफूहरू बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ । उनले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए ।

अन्य भूमिहीनले समेत तत्काल आफूहरूलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरू तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्