Logo

तेश्रो प्रयासमा नेपाल जेसिजको अध्यक्षमा मानन्धर विजयी



विरगञ्ज, १० पुस । नेपाल जेसिजको अध्यक्षमा काभ्रे जेसिजका विकास मानन्धर विजयी भएका छन् ।

बिहीबारदेखि विरगञ्जमा सुरू भएको ४९ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२३ को नेतृत्वको लागि भएको निर्वाचनमा मानन्धर ५९५ मतसहित विजयी भएका हुन् ।

मानन्धरले ५९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नुवाकोट जेसिजका रविन पोखरेलले २९७, पाटन जेसिजका सुमन कृष्ण श्रेष्ठले २५० र धरान जेसिजका दिपेन्द्र निरौलाले ५९ मत प्राप्त गरेका थिए ।

वर्ष २०१९ बाट राष्ट्रिय अध्यक्षको लागि उम्मेदवारी दिन सुरु गरेका मानन्धर तेश्रो पटकको प्रयासमा भने २९८ मतान्तरले विजयी भएका हुन् ।

त्यस्तै नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा क्रमश: मनोहरा जेसिजकी रजनी थापा ८१७, रामेछाप जेसिजका जिवनबहादुर कार्की ६३१, सतासीधाम जेसिजका कुमारसिंह सावाँ लिम्बू ६१४ र हेटौँडा लेडीकी रश्मी बस्नेत ५२२ मतसहित विजयी भएका छन् ।

त्यसैगरी राष्ट्रिय उपाध्यक्षमा क्रमश: नवलपुर जेसिजका राधिका भुसाल एक हजार १२, नल्दिम नगरकोट जेसिजका राजाराम गौतम एक हजार ६, अर्जुनधारा जेसिजका भिमबहादुर कुंवर ९४४, बिर्ता लेडीकी स्वोस्तीका आचार्य ९४०, चारआली जेसिजका बिरबहादुर बेघा (बिरु)८८८ र  नेपालगञ्ज जेसिजका चिरञ्जीवि शर्मा ८८४ मतसहित विजयी भएका छन् ।

त्यस्तै काठमाडौँ जेसिजका अनुप सुनवर ८६१, कपिलवस्तु जेसिजका गुरुदेव पौडेल ८२४, काठमाडौँ जेसिजका सोनीय श्रेष्ठ ८२४, बुटवल जेसिजका चन्द्रमनी बसयाल ७८५, बस्तीपुर जेसिजका तेजप्रसाद उप्रेती ७७४ र बसामडी जेसिजका सरोज अधिकारी ७६५ मतसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्