काठमाडौं, ३ असार। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । त्यसपछि लगातार दुई सुपरमा पनि स्कोर बराबरी भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट हुँदा नेदरल्यान्डसले १ रनको लक्ष्य पाएको थियो ।
नेदरल्यान्डसले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालमाथि तेस्रो सुपर ओभरमा जित निकाल्न सफल भयो।