Logo

तेस्रो दिनमा माओवादी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी



काठमाडौँ, १९ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ ।

कमलादिस्थित प्रज्ञा भवनमा बसिरहेको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक तथा सांगठनिक प्रस्ताव र समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

आजको बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरु लेखनाथ दाहाल, कुमार पौडेललगायतले धारणा राखिसकेका छन् ।

बुधबारको बैठकमा १८, बिहीबारको बैठकमा ५६ नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्