काठमाडौँ, ५ असोज । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् ।
माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् ।