Logo

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ



काठमाडौं, ३ पुष । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् । एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् ।

शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए । यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए ।

त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्