Logo

तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २३ माघ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि, मङ्गलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्