Logo

तोसिमाको उमेदवारी कायम गर्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने



काठमाडौँ, १८ कार्तिक । निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीको उमेदवारी खारेजीको माग गर्न आज सर्वोच्च अदालत जाने तयारीमा छ ।

तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।

आयोगका एक आयुक्तका अनुसार आज सर्वोच्च जाने आयोगको तयारी छ । आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उमेदवारी कायम रहेको छ । सोही अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस्