Logo

त्रिदेवको स्ववियु अध्यक्ष र सचिवमा नेविसंघ तथा कोषाध्यक्षमा अनेरास्ववियु विजयी



झापा, ६ चैत । चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अर्जुन गौतम निर्वाचित भएका छन् ।

नेविसंघले अध्यक्ष, सचिव र दुई वटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित पाँच वटा सदस्य पदमा विजय हासिल गरेको छ ।

अध्यक्षमा नेविसंघका अर्जुन गौतम २८१, सचिवमा नेविसंघका मनिराम विश्वकर्मा ३०६ र कोषाध्यक्षमा अनेरास्ववियुका इश्वर रिजाल ३२२ मत ल्याएर विजयी भएका हुन ।

त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका भूगोल भट्टराई २९७, दावा तामाङ ३२५, हरि पौडेल २६१, मदन चिमरिया २९३, कैलाश रेग्मी २९६ तथा नेविसंघका सृजल अर्याल ३४१ र रोशन पोखरेल ३०६ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्