मेचीनगर, १९ साउन । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विद्यार्थी संगठनले संयुक्त रुपमा आज ताला लगाएका छन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रशासनिक व्यक्तिहरूलाई बैठक सञ्चालन भईरहेकै काेठामा ताला लगाएर थुनेका हुन् ।
विद्यार्थी संघ संगठन सञ्चालन कार्यविधि क्याम्पसले गाेप्य ढंगबाट पारित गरि लागू गर्न खाेजे पछि विद्यार्थीकाे हकहित र स्वतन्त्रतामा दखल पुगेकाे भन्दै तालाबन्दी गरिएकाे अनेरास्ववियु त्रिदेवका अध्यक्ष सुमन रेग्मीले जानकारी दिए ।