Logo

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदै, नेपालको खेल भोलि



काठमाडौं, १ असार। स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

नेपालको टी-२०आई टोली : रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव

प्रतिक्रिया दिनुहोस्